राहदानी (पासपोर्ट)नवीकरणका अष्टीयाबाट क्रोएसिया आएका नेपाली दूतावासको घुम्ती टोलीले पहिलो दिन १ सय जनाको आवेदन लिएको छ । मे ३१ का लागि १०५ जनाले समय लिएको भएपनि सयजनाको मात्र आवेदन लिएको दूतावासका श्रम कान्सुलर अनिल लम्सालले जानकारी दिए ।
श्रम कान्सुलर लम्सालका अनुसार ५ जनाले भने शनिबार १ बजेसम्म आवेदन दिन पाउनेछन् । उक्त समयसीमा भित्र पनि आइपुगेन भने आइतबार अन्तिममा आवेदन लिने श्रम कान्सुलर लम्सालको भनाइ छ । त्यस्तै तीनदिने घुम्ती टोलीले क्रोएसियामा रहेका अनलाइनबाट समय लिएका २६५ जना नेपालीको आवेदन लिनेछन् । दूतावासले नवीकरण भएर आएका राहदानीसमेत वितरण गरिरहेको श्रम कान्सुलर लम्सालले बताए ।
तीनदिने आवेदनका लागि क्रोएसियामा रहेका नेपालीहरुले राहदानी नवीकरणका लागि मे १३, १४ र १५ तारीख अनलाइन आवेदन दिएका थिए । अष्ट्रीया दूतावासको घुम्ती टोलीलाई क्रोएसिया ल्याउन एनआरएनएले सहजीकरण गरेका हुन् ।
राहदानी नवीकरण घुम्ती टोलीलाई एनआरएनए क्रोएसियाका उपाध्यक्ष हर्क साहु, रन्जना चौहान, सचिव दिपक कंडेल, सहकोषाध्यक्ष रबिना थिङ लगायतले सहयोग गरिरहेका छन् । त्यस्तै तामाङ समाजका टोलीसमेतले राहदानी घुम्ती टोलीलाई सघाई रहेका छन् ।
थप यो पनि
क्रोएसिया आउने पासपोर्ट नवीकरण घुम्ती टोलीले अनलाइन आवेदन लिने
क्रोएसिया एनआरएनएद्वारा संचालित राहदानी नवीकरण अभियान जारी