चाइल्ड वेलफेयर नेपालद्वारा शैक्षिक सामग्री प्रदान

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
84 Shares
काठमाडौं

चाइल्ड वेलफेयर नेपालले शैक्षिक सहयोग कार्यक्रम अन्तर्गत शान्ति निकुञ्ज स्कुलका विद्यार्थीहरूका लागि शैक्षिक सामग्री प्रदान गरेको छ ।

शनिवार विद्यालयका असहाय, दलित, जनजाति, पिछडिएको तथा उच्च जोखिममा परेको करिब २०० जना बालबालिकाहरूलाई सामग्री प्रदान गरेका हुन् ।

हरेक वर्ष विद्यालयमा आवश्यक शैक्षिक सामग्रीहरू (कापी, कलम, स्कुल ड्रेस, स्वेटर, ट्रयाक्सुट, ब्याग र जुत्ता आदि) वितरण गरेको नेपालका कार्यकारी निर्देशक राजु खड्काले जानकारी दिए ।

संस्थाले यस वर्ष दातृ निकाय Association Pomme Cannelle- France को सहयोगमा 05 May, 2024 to 15 April, 2025 sf] ‘‘Integrated Project for Marginalized and Vulnerable Children in Nepal” परियोजना अन्तर्गत सो सामग्री वितरण गरेको खड्काले बताए ।

चाइल्ड वेलफेयर नेपाल बालबालिकाको क्षेत्र अन्तर्गत काम गर्ने गैर सरकारी संस्था हो । संस्थाले बालबालिकाको क्षेत्रमा काम गर्ने उद्देश्य अनुरूप बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायत अन्य क्षेत्रहरूमा उनीहरूको पहुँच पुर्‍याउने खालका चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने हो ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका