गौतम गोले तामाङ र मिनु मोक्तानको फिचरिङ रहेको सेलो गीतको सुटिङ कोरियामा छायाङ्कन सकिएको छ । गायक मिलन दोङको स्वरमा रहेको ‘छ्योर्तेन राम्रो…’ बोलको गीतको छायाङ्कन सकिएको हो ।
गत हप्ता दक्षिण कोरियाको पर्यटकीय क्षेत्र वाउजङ्सा बौद्ध गुम्बा वरपर र फेन्तेकको समुन्द्र किनारको टाइटानिक बोर्ड लगायत सुन्दर ठाउँहरूमा भिडियो छायाङ्कन गरेको हो । गायक दोङको एकल स्वरमा रहेको गीतमा मोडल गौतम र मिनुको मुख्य अभिनय रहेका छन् ।
‘दोस्रो साङ्गीतिक कोसेली ल्याउने कोसिस गरेको छु र सबैसँग मिलेर राम्रो गर्ने जमर्को गरेका छौँ ।’ मोडल गौतमले भने, ‘कोरियामा साहुको कम्पनीको कामपछिको छुट्टीको समयलाई सदुपयाेग गरेर आफ्नो गीतसंगीतसँग रमाउनुपर्छ र जहाँ भएपनि आफ्नै गीतसङ्गीत, भाषा, धर्म, संस्कृतिलाई अङ्गालेर संरक्षण, संवर्द्धनमा लागि रहेको छु ।’
गीतको भिडियोलाई दिपक थापाले छायाङ्कन र निर्देशन गरेको छ । अहिले पोस्ट प्रोडक्सनको काम धमाधम भइरहेको निर्माण पक्षले बताएको छ । छिट्टै नै दर्शक, श्रोतामाझ ल्याउने बताएको छ ।