जुवातास खेलिरहेको अवस्थामा चार जना पक्राउ

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
काठमाडौँ
तस्विर : सांकेतिक

काठमाडौं महानगरपालिका-६ बौद्ध महांकाल डेरा गरी बस्ने ओखलढुङगा मुलुङ गाउँपालिका-७ घर भएका ४५ वर्षीय मान बहादुर सुनुवारको कोठामा जुवातास खेलिरहेको अवस्थामा सुनुवार समेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४० हजार ९ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया