जनप्रगतिशिल मंच क्रोएसियाको अध्यक्षमा लामा

नवराज तामाङ
नवराज तामाङ सैलुङअनलाइन
329 Shares
जाग्रेब, क्रोएसिया

जनप्रगतिशील क्रोएसियाको तदर्थ समितिको अध्यक्षमा लोप्साङ लामा चयन भएको छ । लामालाई आइतबार जुन २ तारीख जाग्रेबको हिमालयन करीमा बसेको भेलाले अध्यक्ष चयन गरेको हो । मंच नेकपा माओवादी केन्द्रका प्रवास संगठन हुन् ।

मंचको उपाध्यक्षद्वय रामकृष्ण शर्मा, सुरेन्द्र पुन मगर, महासचिव सुरेन्द्र तामाङ, सचिवद्वय ऋदिमा रिजाल, राजु थिङ, कोषाध्यक्ष कृष्ण ढुंगाना चयन भएका छन् । त्यसैगरी सदस्यहरु क्रमशः दिपक परियार, मनोज तामङ, सुर्य कुमाल, बिबिक बोम्जन, राजकुमार राज तामाङ, सयन राई, आदेश पाख्रीन, धनम थोकर, एक ब. थापा, प्रेम तामाङ, देब कुमार गुरुङ र पवन बिक रहेका छन् ।

जनप्रगतिशील मंच क्रोएसियाका संरक्षक युवा समाजसेवी दावा लामा र प्रमुख सल्लाहकारका हिमालयन करिका संचालक मानसिंङ धामी रहेका छन् ।

कार्यक्रममा जनप्रगतिशीलका युरोप सदस्य जसमान दर्नाल (जीवन)ले शुभकामना मन्तव्यका राखेका थिए । सदस्य दर्नालले नेपाली समाजको लोकतान्त्रिक गणतन्त्रको रुपान्तरणलाई जनताले आफ्नो जनजीवनमा प्रत्यभुति हुने गरि समाजवादी दिशामा राजनीति बढिसकेको बताए । उनले थपे `पुनरुत्थानवादीहरुले आन्दोलनको उपलब्धि लाई बदनाम गर्ने प्रयत्न गरेको हुनाले सचेत नेपाली समुदायले  दुनियाँको कुनै देशमा बसेर भए पनि परिवर्तनको पक्षमा संगठित आवाज उठाउन पर्ने समय छ ।´

त्यस्तै कार्यक्रममा जनप्रगतिशिल मंच युरोपका अध्यक्ष चित्र सुवेदी, उपाध्यक्ष गंगा भुसाल, महासचिव धर्मराज खतिवडा, मंचका जर्मनी अध्यक्ष गोबिन्द भण्डारी र नेकपा माओवादी केन्द्रका युरोपेली नेता सागर पोखरेल लगायतले पठाएको लिखित शुभकामना पत्र पढेर सुनाइएका थिए । कार्यक्रममा  एनआरएनए क्रोएसिया लगायत अन्य संघसंस्थाका प्रमुखहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा हिमालयन करिका संचालक मानसिंह थामीलाई सम्मानसमेत गरेको थियो । उनलाई लामो समयदेखि क्रोएसियामा रहेर नेपाली समुदायलाई सहयोग गरेको भन्दै मंचले सम्मान गरेका हुन् ।

जनप्रगतिशिल मंच क्रोएसियाका अध्यक्ष लामा मकवानपुर कैलाश गाउँपालिका-९, हुन् । उनी लामो समयदेखि नेकपा माओवादीमा आबद्ध छन् । अध्यक्ष लामा डेढ वर्षअघि क्रोएसिया आएका हुन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका