काठमाडौंस्थित आफ्नै घरबाट हिँडेर पर्वताहरोही राजेश लामाले सगरमाथाको चुचुरो चुमेका छन् । हिमालय पर्वतारोहणको समृद्ध इतिहासमा पहिलोपटक आफ्नै घरबाट पर्वताहरोही राजेश लामाले ५७ दिनमा कुल दूरी ४३२.६ किलोमिटर हिँडेर सगरमाथाको चुचुरो आरोहण गर्न सफल भएका हुन् ।
साहसिक गतिविधिहरूको लागि उपयुक्त, उच्च गुणस्तरको ट्रेकिङ गियर प्रदान गर्ने र नेपालमा प्रामाणिक बाहिरी ब्रान्ड ल्याउने अग्रणी कम्पनी,महिलाहरूको स्वामित्वमा रहेको र ९७ प्रतिशत कर्मचारीहरू महिला मात्र भएको नर्थ फेसको समिट सिरिज लामाले आरोहरणमा प्रयोग गरेका थिए ।
लामा दाई’ को उपनामले चिनिने उनले काठमाडौंमा साहसिक गतिविधिहरूको लागि उपयुक्त, उच्च गुणस्तरको ट्रेकिङ गियर प्रदान गर्ने र नेपालमा प्रामाणिक बाहिरी ब्रान्ड ल्याउने अग्रणी कम्पनी नर्थ फेसको सहयोगमा आज एक पत्रकार सम्मेलन गरी हिँडेर सगरमाथाको चुचुरो पुग्नुको उद्देश्य र ऐतिहासिक आरोहण पछाडिका आफ्ना अनुभव, चुनौती, र प्रेरणाहरूलाई बाँडेका छन् । अहिलेको युगमा सम्भवत छिटो छरितो रुपमा सबै काम सक्काउने प्रवृतिलाई चिर्दै अत्यन्त धैर्य, मनोबल र उत्साहलाई लामाले उजागर गरेका छन् ।
नेपालको पर्यटन उद्योगमा दशकभन्दा बढी अनुभव भएको पेशेवर ट्रेकिङ गाइड हुन् । उनले सन् २००९ देखि ट्रेकहरूको नेतृत्व र शिक्षण गर्दै, यात्रा र प्राकृतिक सुन्दरतामा आफ्नो उत्साह साझा गर्दै आएका छन् । उनको उद्यमशील आत्मविश्वासले २०१३ मा लामा वक्स स्थापना गरे । उनले साहसी र प्रेरणादायी यात्राहरूको नेतृत्व गर्छन् । साथै, लामा हिमालयन मेडिक्सको कार्यकारी निर्देशकको रूपमा पनि कार्य गर्दै बाह्य क्षेत्रको सुरक्षा र चिकित्सा समर्थनमा योगदान दिने गर्दछन् ।
उनले आफ्ना यात्राका मुख्य क्षणहरू बडो रमाइलोका साथ बताउँछन् । उनले काठमाडौँको सानेपाबाट आफ्नो यात्रा सुरु गरेर धुलिखेल,दोलालघाट हुँदै आठ दिनमा जिरी पुगे । उनले १५ (१५ एप्रिल,२०२४ )औँ दिनमा चुनौतीपूर्ण भू–भाग पार गरेर लुक्ला पुगे ।उनले यही क्रममा मनमोहक दृश्य र आवश्यक अवस्थाका लागि परिचित गर्न रेन्जो ला (५,३६० मि) र चो ला (५,४२ मि) को उच्च मार्गहरू नेभिगेट गरे । लबुचे शिखरमा आइपुग्न उनलाई २७ दिन लाग्यो । उनको टोलीले एभरेस्ट बेस क्याम्पबाट अन्तिम गन्तव्यतिर मे १५, २०२४मा प्रस्थान गरे । पाँच चुनौतीपूर्ण दिनहरुपछि सगरमाथाको चुचुरोमा मे २०, २०२४ लामाले पाइला टेक्न सफल भए । लामाको यात्रा २४मे , २०२४मा सगरमाथा आधार शिविर गई समाप्त गरे ।
कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गरे । अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखें । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताए।