स्केटिङ तथा स्केट बोर्डिङ सङ्घ, बाग्मती प्रदेश गठन, अध्यक्षमा इन्जिनियर श्रेष्ठ

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
91 Shares
रसुवा

नेपाल स्केटिङ्ग तथा स्केट बोर्डिङ सङ्घ, बाग्मती प्रदेशको प्रथम तथा ऐतिहासिक अधिवेशन जेठ २१ गते सम्पन्न भएको छ। अधिवेशनले रसुवा जिल्लाको गोसाईंकुण्ड गाउँपालिकाका इन्जिनियर प्रकाश श्रेष्ठको अध्यक्षतामा १९ सदस्यीय समिति गठन गरेको छ।

समितिमा वरिष्ठ उपाध्यक्ष समन घिमिरे, उपाध्यक्षहरू सुमन कट्टेल, सन्तोष सापकोटा, र विकास लामा रहेका छन्। महासचिवमा साजन देउजा, सचिवमा विमल कार्की, सहसचिवमा माइकल प्रजा, र कोषाध्यक्षमा अनिश बानियाँ चयन भएका छन्।

यसै गरी सदस्यहरूमा राम दाहाल, सफल तामाङ, शङ्कर तिवारी, आरती लामा, विपिन कुइँकेल, रमेश कुमार कार्की, विनोद महर्जन, रिमा रसाइली, बिभुशा बजगाईँ, र सञ्जीव भट्टराई चयन भएका हुन् ।

पाटन क्याम्पस, ललितपुरमा आयोजित अधिवेशनमा प्रदेश खेलकुद विकास परिषद्, बाग्मती प्रदेशका सदस्य सचिव सूर्यलाल भण्डारीको प्रमुख आतिथ्य र सदस्य धन कुमार मैनालीको आतिथ्य रहेको थियो। सङ्घका केन्द्रीय अध्यक्ष अच्युत खनाल, सचिव दिनेश बजगाईँ लगायतका विशिष्ट व्यक्तिहरूको पनि विशेष उपस्थिति रहेको थियो।

केन्द्रीय सचिव दिनेश बजगाईँले अब प्रादेशिक संरचनामा समिति विस्तार भइसकेको छ र प्रत्येक जिल्लामा यसको विस्तार गर्ने योजना सहित खेल मैदान निर्माणमा जुट्ने बताए। उनले स्केटिङ्ग तथा स्केट बोर्डिङ साहसिक खेल भएकोले अन्तर्राष्ट्रिय जगत्लाई समेत केन्द्रित गर्न सकिने र नेपालले यसमा अग्रसरता लिनुपर्नेमा वक्ताहरूले जोड दिएका थिए। नेपालमा यो खेल नयाँ भएकाले केही चुनौतीहरू भए तापनि यसको आकर्षण र फाइदाका कारण यसको सम्भाव्यता र विकासमा लाग्नुपर्नेमा उनले जोड दिइएको थियो।

सचिव बजगाईँले हालसम्म ५ वटा प्रदेश र ४४ वटा जिल्लामा प्रादेशिक संरचना निर्माण भइसकेको जानकारी गराए। उनले आगामी दिनमा हरेक जिल्लामा स्केटिङ्ग र स्केट बोर्डिङका लागि खेल मैदानहरूको निर्माण गर्ने योजना रहेको बताए। यस अधिवेशनले स्केटिङ्ग र स्केट बोर्डिङ खेलको विकास र प्रवर्द्धनमा ठुलो भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

इन्जिनियर प्रकाश श्रेष्ठले गोसाईंकुण्ड क्षेत्रमा राष्ट्रिय र अन्तर्राष्ट्रिय आइस स्केटिङ प्रतियोगिता आयोजना गर्ने आफ्नो रुचि र योजना रहेको बताए। उनका अनुसार, गोसाईंकुण्ड प्राकृतिक सुन्दरता र चिसो वातावरणले यस्तो प्रतियोगिता आयोजना गर्न उपयुक्त स्थान प्रदान गर्दछ, जसले पर्यटन प्रवर्द्धनमा पनि योगदान पुर्‍याउनेछ।

अधिवेशनले नेपालमा स्केटिङ्ग र स्केट बोर्डिङ खेलको भविष्यलाई उज्ज्वल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा पनि प्रतिस्पर्धा गर्न सक्ने खेलाडीहरूको उत्पादन गर्ने लक्ष्य राखेको छ। विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता र सुझावहरूले यो खेललाई अझ प्रभावकारी बनाउन मद्दत गर्ने अपेक्षा गरिएको छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया