सुनको मूल्य तोलामा चार हजारले घट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

काठमाडौँ स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा चार हजार रुपैयाँ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला एक लाख ४१ हजार रुपैयाँ निर्धारण भएको छ । शुक्रबार छापावाला सुन तोलामा एक लाख ४५ हजार रुपैयाँ मा कारोबार भएको थियो ।

यस्तै तेजाबी सुन तोलामा एक लाख ४० हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । शुक्रबार तेजाबी सुन प्रतितोला एक लाख ४४ हजार तीन सय रुपैयाँ मा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य तोलामा ७५ रुपैयाँ ले घटेको छ । शुक्रबार तोलामा एक हजार नौ सय रुपैयाँ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय २५ रुपैयाँ निर्धारण भएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका