आँबुखैरेनी मुग्लिन खण्ड सञ्चालन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
तनहुँ

दमौली तनहुँ पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी मुग्लिन सडक खण्ड सञ्चालनमा आएको छ । आँबुखैरेनी गाउँपालिका(४ साँखर ड्याम नजिक भासिएको सडक मर्मतका लागि आज बिहान १० बजेदेखि बन्द गरिएको उक्त सडक खण्ड दिउँसो १ः१० बजेदेखि सञ्चालन भएको हो ।

राजमार्ग बन्द भएको समयमा आँबुखैरेनीबाट मुग्लिनतर्फ जाने सवारी साधनलाई आँबुखैरेनी नजिक रोकिएको थियो । राजमार्ग सञ्चालन भएपछि रोकिएका सवारी साधन गन्तव्यतर्फ लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रहरी नायब निरीक्षक सन्तोष पौडेलले जानकारी दिए ।

उक्त ठाउँको हिलसाइडमा चर्किएर बसेको ढुङ्गाहरु झार्नुपर्ने भएकाले सडक अवरुद्ध गरेर काम गरिएको सडक डिभिजन कार्यालय दमौलीका प्रमुख पशुपति ज्ञवालीले जानकारी दिए । विसं २०७९ जेठ २७ गते वर्षाका कारण उक्त ठाउँमा सडक भासिएको थियो । हाल भासिएको सडक मर्मत भइरहेको छ । निर्माण व्यवसायी जिएस इन्जिनियरिङ प्रालि भरतपुरले सडक मर्मत गरिरहेको छ । मस्र्याङ्दी नदीदेखि पहिरो नियन्त्रणको काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका