मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
गण्डकी

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले०सँग विश्वासको मत दिन आग्रह गरेको छ । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लागेएका उनले आज पत्र लेखेर उक्त आग्रह भएको हो ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उनले भनेको छ ।

राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहेएका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख भएको छ । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका