गोकर्णेश्वर नगरपालिकाको हनुमान चोक र कागेश्वरी मनोहराको भद्रवासमा प्राइम कमर्सियल बैंक लिमिटेडको थप द७३घढसई एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्ना सेवाग्राहीलाई सहजता प्रदान गर्ने क्रममा आफ्नो संजाल विस्तार गरि थप दुइ नयाँ एक्सटेन्सन काउन्टरकोविस्तार गरेको छ ।
बैंकले शुक्रबार गोकर्णेश्वर नगरपालिकाको हनुमान चोकमा स्थानीय उद्योगी, व्यवशायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा गोकर्णेश्वर नगरपालिका वडा नम्वर ४, का वडाअध्यक्ष जय राम महतले गोकर्णेश्वर एक्सटेन्सन काउन्टरको समुदघाटन गरे ।यसैगरी, बैंकले आइतबार कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ३, भद्रवासमा पनि एक्सटेन्सन काउन्टरको विस्तार गरेको छ ।
उक्त एक्सटेन्सन काउन्टरको विस्तार वडा नम्वर ३ का वडाअध्यक्ष राममणि पुडासैनीले स्थानीय उद्योगी, ब्यवसायी, समाजसेवी तथा विभिन्न पेशाकर्मीको उपस्थितीमा भएको थियो । सो सामारोहमा बैकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले आफ्ना ग्राहकहरुलाई थप चुस्त, प्रविधिमैत्री र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए ।