डाँसेमा अज्ञात समूहले काटे एभोकाडोको बोट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
700 Shares
लिसंखु पाखर, सिन्धुपाल्चोक

सिन्धुपाल्चोक, लिसंखु पाखर-१, डाँसेमा अज्ञात समुहले एभोकाडोका बोट काटेका छन् । उक्त फरार समूहले मास मेक्सिको(mass mexico) प्रजातिका एभोकाडोका ४ वटा बोट काटेको कृषक कर्म वाङ्गेल लामाले जानकारी दिए ।

झन्डै ३ बर्षअघिबाट व्यवसायीक रूपमा एबोकाडोमा लागिरहेको कृषक लामाको ६५ वटा बोट छन् । हुर्की सकेका एभोकाडोका बोटहरु काट्नेलाई हदसम्म कारबाही गर्न वडामा निवेदन दिएको लामाले बताए । देशमै केही गरौं भन्दा पनि यसखाले प्रवृत्तिले गर्दा विदेश पलायन हुनुपर्ने बाध्यता आइपर्ने उनको गुनासो थियो ।

तीन सय सुन्तलाको बोटसमेत रहेको कृषक लामाको तीन सयवटा सुन्तलाका बोटसमेत छन् ।

एभोकाडो (Avocado) लाई नेपालीमा घिउ फल (Butter Fruit) भनिन्छ । मध्ये अमेरिका र मेक्सिको मा उत्पति भएको उष्ण प्रदेशीय यो एक राम्रो नगदे फल हो ,यो फलको बैज्ञानीक नाम “पेर्से अमेरिकाना Persea Americana”हो । सबै भन्दा बढी एभोकाडो उत्पादन गर्ने राष्ट्रमा मेक्सिको पर्छ । समुन्द्र सतह बाट २५०० मिटर सम्म एस्को खेती गर्न सकिन्छ ।

नेपालका पहाड,तराई, खोंच, बेंसी, मध्यपहाड र भित्री मधेशमा एभोकाडोको खेती गर्न सकिन्छ । एभोकाडो हुर्काएपछि ५० वर्षसम्म फल दिन्छ, बिरुवा लगाएको तीनदेखि पाँच वर्षमा फल दिन शुरू गर्छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया