कविताका माध्यमबाट कला, संस्कृति र अनुभव साटासाट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
काठमाडाैं

विदेशमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकहरुले नेपाल र हाल आफू बसोबास गर्ने देशका कला, संस्कृति र अनुभव एकापसमा तथा नेपालमा बसोबास गर्ने कविहरुसँग साटासाट गरेका छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान र गैरआवासीय नेपाली सङ्घ (एनआरएन), भाषा साहित्य उपसमितिले आइतबार आयोजना गरेको ‘अन्तरदेशीय नेपाली कविता’ विषयक विमर्श तथा कवि गोष्ठी’ कार्यक्रममा उनीहरुले आफ्ना अनुभव कविताका माध्यमबाट साटेको हो । प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले कामका सिलसिलामा विदेशमा रहेका नेपाली कला, साहित्य र भाषाको उत्थानमा सक्रिय रहँदै आएको बताए । प्रतिष्ठान वर्षेनी सङ्घको सम्मेलनकै पूर्वसन्ध्यामा कार्यक्रम आयोजना गर्दै आएको छ ।

उनले भने, ‘यस्ता कार्यक्रमको आयोजनाले नेपालमा बसोबास गर्ने कवि र आप्रवासीबीचमा कविबीच कविताका भावनाको साटासाट हुन्छ ।’ प्रतिष्ठानका काब्य विभाग प्रमुख डा हेमनाथ पौडेलले विदेशमा बस्ने नेपालीहरुले भाषा र साहित्यमा योगदान पु¥याइरहेको बताए । विदेशमा पनि गाउँगाउँमा पुग्दासमेत नेपाली भेटिनेछ, उनले भने, ‘उहाँहरु त्यहाँ रहेर पनि निरन्तर भाषा र साहित्यको उत्थानमा लागि रहेको छ ।’
समालोचक डा गोविन्दराज भट्टराईले नेपाली साहित्यमा ‘डायास्पोरा’ को योगदानका बारेमा चर्चा गरे । उनका अनुसार प्रवासमा रहेका धेरै नेपाली साहित्यकारले कला र साहित्यको विकासमा योगदान गरिरहेका छन् । उनले भने, ‘प्रवासका धेरै नेपालीको सङ्घहरु प्रकाशित भइरहेको पाइन्छ ।’

सो कार्यक्रममा रुसका कथा र कविता सङ्ग्रहको नेपाली अनुवाद ‘नेपाली साहित्य संगम’, नाज सिंहको कविता सङ्ग्रह ‘तिर्खा’ र सुरेन्द्र नेपाल श्रेष्ठको कविता सङ्ग्रह ‘मेरा आधा सताब्दी’ को बिमोचन गरिएको छ । कार्यक्रममा नेपाली र आप्रवासी गरेर २९ कविहरुले कविता वाचन गरेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका