शैलुङ गाउँपालिका वडा नं १ वडाको नेकपा एमाले कमिटीको दोस्रो अधिवेशन सम्पन्न भएको छ ।केन्द्रिय पोलिटब्युरो सदस्य कमल प्रसाद चौलागाईंको प्रमुख आतिथ्यमा र जिल्ला कमिटी दोलखाको अध्यक्ष नर बहादुर श्रेष्ठको विशेष आतिथ्यमा मंगलबार सभ्य,भब्य र ऐतिहासिक रुपमा एमाले कमिटीको दोश्रो अधिवेशन सम्पन्न भएको हो ।
यस अधिवेशनबाट निर्वाचित कमिटीमा अध्यक्ष गोपिलाल तामाङ, उपाध्यक्षमा साङ्मान मोक्तान, सचिवमा मिलन थापामगर,उपसचिवमा राजकुमार घिसिङ ,उपसचिवमा सरिता योन्जन लगायतको ३१ सदस्यीय वडा कमिटी चयन भएका छन् ।
अधिबेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य एवं दोलखाका इन्चार्ज चौलागाईंले देशभर एमालेको सङ्गठन बलियो बनाउन कार्यकर्ताले सङ्गठनलाई चुस्त दुरुस्त बनाउदै लैजानुपर्ने बताए ।
त्यसै गरि उदघाटन सत्रलाई जिल्ला अध्यक्ष श्रेष्ठले मिसन ८४ मा जिल्ला नै एमालेमय बनाउनुपर्ने बताए । उनले भने, ‘अब आउने चुनावमा जिल्लाको सबै पालिका र वडाहरु एकल निर्वाचित गराउन यो कमिटी बलियो हुनुपर्छ । त्यसको लागि आजैबाट सङ्गठन बिस्तार, सदस्य नबीकरण लगायतका कार्यहरुलाई चुस्त बनाउनुपर्छ ।’
यस्तै कार्यक्रममा शैलुङ गाउँ कमिटीका इन्चार्ज थिरबहादुर मोक्तानले शैलुङ एमालेले चुनावमा पराजित भइकाे परिणाम जनताले महसुस गरेको बताए । उनले विपरित पार्टीका नेताले चुनाब जित्दा जनताको सेवामा प्रभावित भएको गुनासो सुन्न परेको उल्लेख गरे । उनले अब यस्तो परिस्थिति आउन नदिन ८४ मा एमालेलाई जिताउन नेता कार्यकर्ताहरु एक हुन जरुरी रहेको औंल्याए ।
जिल्ला सल्लाहकार सदस्य बिर्खबहादुर तामाङ, साङलाल तामाङ, जिल्ला सदस्यद्वय सुरेन्द्र मोक्तानर विशाल विक, जिल्ला सदस्य एव शैलुङ गाउँपालिका उपाध्यक्ष पार्वती कार्की थापा लगायतले शुभकामना दिदै नेतृत्वले माथीदेखी तल्लो कमिटीसम्मले सर्कुलरहरु पालना गरेर मिसन ८४ सफल पार्नुपर्ने बताएका छन् ।
कार्यक्रमको बन्दसत्रलाई जिल्ला कमिटी सदस्य तथा इन्चार्ज सुरेन्द्र मोक्तानको अध्यक्षतामा पाँच सदस्यताको अध्यक्ष मण्डल गठन गरेको थियो । सो मण्डलमा सुरेन्द्र मोक्तान सदस्य पार्वती थापा, साङलाल घिसिङ, विशाल विक र सन्तोष योञ्जन रहेका थिए ।
उक्त कार्यक्रममा हरिलाल तामाङ, बम बहादुर लोहर, मोतिलाल तामाङ, सिता थापा मगर,उर्चोम तामाङ, साङमान तामाङ,मिलन मगर ,अक्कल मोक्तान, सत्यमान तामाङ,संगुल तामाङ, विर बहादुर तामाङ,अनिल मोक्तान ,सुनिल मोक्तान ,अनेरास्वयुका उपाध्यक्ष विजय तामाङ आदिको उपस्थितिमा सम्पन्न भएको थियो।