वैवाहिक बलात्कार मुद्दामा पूर्वन्यायाधीश गिरीलाई ७ वर्ष कैद

काठमाडौं

सैलुङअनलाइन
सैलुङअनलाइन
35 Shares
सैलुङअनलाइन

काठमाडौँ जिल्ला अदालतले पूर्वन्यायाधीश भुवन गिरीलाई वैवाहिक बलात्कार मुद्दामा सात वर्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला सुनाएको छ ।

न्यायाधीश दुर्गा भुसालको इजलासले आज पूर्वजिल्ला न्यायाधीश गिरीलाई जबरजस्ती करणीमा मुद्दामा सात वर्र्ष कैद र रु तीन लाख क्षतिपूर्ति भराउने फैसला पनि सुनाएको हो ।

यसअघि सोही अदालतका न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले यही जेठ १३ गते पूर्वन्यायाधीश गिरीलाई बलात्कारको मुद्दामा दोषी ठहर गरेको थियो । आज अदालतले सजाय र क्षतिपूर्ति निर्धारण गरेको हो ।

कपिलवस्तु जिल्ला अदालतमा कार्यरत हुँदा निजविरुद्ध प्रहरीमा जाहेरी परेपछि निलम्बन गरी उनलाई थुनामा राखिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका