होटल लर्डस प्लाजाले नेपालमा तेस्राे शाखा बाैद्धमा नयाँ शाखा विस्तार गरेकाे छ । भारतका विभिन्न शहरमा चेन होटलका रुपमा सेवा प्रदान गरिरहेको होटल लर्डस प्लाजले काठमाडाैंकाे बाैद्धमा चार तारे होटल विस्तार गरेकाे नेपालका लागि होटल सञ्चालक सेलेज एन टेरीले पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन् ।
बौद्ध आफैमा बुद्ध धर्मावलम्बीको लागि एउटा महत्त्वपूर्ण ठाउँ भएको र यो क्षेत्रमा होटलहरुको संख्यासमेत बढिरहेको सन्दर्भमा होटल लर्ड्स प्लाजाको आगमनले यो क्षेत्रमा थप पर्यटकीय गतिविधि समेत बढ्ने सिर्जना गरेकाे छ ।
उनका अनुसार होटल लर्डसले विभिन्न क्याटोगरीमा होटलहरु संचालनमा गरिरहेकाे बताए । भारतकाे १४ राज्यमा ६० वटा चेन होटलका रुपमा सेवाहरु उपलब्ध गराईरहेकाे छ । होटल सञ्चालक टेरीले भने, ‘ नेपालको काठमाण्डौको महाकाल रामहिटिमा लर्ड्स इको इनका नाममा विगत २ वर्ष देखि तीन तारे होटल संचालनमा रहेको छ । विरगन्जमा विगत ५ वर्ष देखि दियालो लर्ड्स प्लाजाको नाममा चार तार तारे होटल संचालनमा रहेको छ । योसँगै हामीले पोखरा,भैरहवा र नेपालगन्जमा समेत सेवा विस्तारको तयारी गरेका छौँ ।’
याे हाेटेल नेपाल,भारत र अमेरिकामा शाखा हाेटल विस्तारको गरेकाे टेरीले बताए । बौद्धमा रहेकाे चार तारे होटल लर्ड्स प्लाजामा गुणस्तरीय सेवा प्रदान गर्न विभिन्न क्याटोगरीका ६० वटा रुमहरु रहेका छ्न् । नेपाल धार्मिक, सास्कृतिक तथा साहसिक पर्यटनको हबका रुपमा चिनिरहेकाेमा यो सेवाले नेपालको पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने विश्वास हाेटलले लिएकाे टेरीले बताए ।
टेरीले भने ,’मिति २०८१ जेठ ३० गतेबाट हामिले सेवा शुभारम्भ गरेका छौं । भने अहिले देखि नै हाम्रो बुकिङ जारी रहेको छ । गुणस्तरीय सेवा प्रदान गर्दै ग्राहकको मन जित्ने हाम्रो प्रयास जारी रहनेछ । ‘