तामाकोशीको सेलेघाट पुल निर्माणमा ढिलासुस्ती

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
7 Shares
रामेछाप

पुष्पलाल (मध्यपहाडी) राजमार्गअन्तर्गतको तामाकोशीको सेलेघाट नजिक निर्माणाधीन पुल निर्माण कम्पनीको लापर्बाहीले अलपत्र परेको छ ।

विसं २०८० असार २६ गते काम सम्पन्न गर्ने गरी कालिका÷प्यासिफिक जेभीले २०७७ असार २६ गते  निर्माणको जिम्मा लिएकामा हालसम्म खासै प्रगति भएको छैन । उक्त कम्पनीले रु १४ करोड २७ लाखमा निर्माण पूरा गर्नेगरी सरकारसँग सम्झौता गरेको थियो ।

पुष्पलाल राजमार्गका सूचना अधिकारी हर्कबहादुर प्रधानका अनुसार  निर्माण कम्पनीले पेस्कीबापत रु ७१ लाख ३५ हजार लिइसकेको छ । उनले भने , “उक्त पुल निर्माणको वित्तीय प्रगति शून्य छ । भौतिक प्रगति भने तीन प्रतिशत भएको छ ।”

निर्माण कम्पनी म्याद थपका निम्ति आवेदन गरेको तथा त्यो विचाराधीन रहेको जानकारी दिँदै सूचना अधिकारीले काम नगरे पेस्की रकम जफत गरिने बताए ।

तपाईको प्रतिक्रिया