सबै क्षेत्रको विकासमा बजेट नीति उत्तिकै प्राथमिकतामा : नगर प्रमुख तामाङ

मेलम्ची

मेलम्ची नगरपालिकाका नगर प्रमुख आइतमान तामाङले नीति बनाएर सबै क्षेत्रको विकासमा उत्तिकै प्राथमिकताका साथ लागि परेको बताएका छन् ।

मेलम्ची नगरपालिकाद्वारा आयाोजित आ.व.२०८१/०८२ को बजेट नीति तथा कार्यक्रम माथि सुझाव संकलन एवम् वार्षिक योजना तर्जुमा गाोष्ठी कार्यक्रममा सहभागीले उठाएका जिज्ञासाको जवाफ दिंदै प्रमुख तामाङले सबैको सुझावलाई आत्मसात गर्दै नगरपालिकाले आगामी वर्षको नीति तय गर्ने बताएका हुन् ।

कार्यक्रममा उपप्रमुख उमा प्रधान, निवर्तमान नगर प्रमुख डम्बरबहादुर अर्याल, निवर्तमान उपप्रमुख श्री भगवती नेपाल, एमाले नेता एवम नगर प्रमुखका प्रत्यासी  बालकृष्ण देउजा, नगर प्रमुखका प्रत्यासी हर्क बहादुर तामाङ, शिक्षक प्रतिनिधि, व्यवसायी, राजनीतिक दलका प्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थिति रहेको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत  अशोक कुमार भट्टराईले कार्यक्रम माथि प्रकास पारेका थिए ।

नगरपालिकाले गत वर्ष देखि नीति तथा कार्यक्रम निर्माण गर्नुअघि सुझाव संकलन गर्ने गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया