मृतकका परिवारलाई आर्थिक सहयोग

प्युठान

साउदी अरबमा सडक दुर्घटनामा परी ज्यान गुमाएका मिहम्मद मियाँको परिवारले आर्थिक सहयोग पाएको छ ।

मियाँका परिवारलाई अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदीले १४१२ साउदी रियाल नेपाली ४० हजार ६ सय ३५ रुपैया आर्थिक सहयोग गरेको हो ।

समाजका महासचिव रम्जान दिनमियाँले प्युठान पगी असार ६ गते शुक्रबार स्थानीयहरुको उपस्थितिमा मृतकका आफन्तलाई हस्तान्तरण गरेका थिए । मृतकका परिवारले सहयोगी मनका धनीहरुलाई कृतज्ञता प्रकट गरे ।

मियाँको मृत्यु २०१८ डिसेम्बर १ मा भएका थिए । मृतकको लास एनआरएनए आरसिसी अल कासिम, हातेमालो प्रवासी नेपाली समूह खमिस र अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज साउदीको पहलमा महावाणिज्यदूतसँगको समन्वयमा जनवरी २४मा नेपाल आइपुगेका थिए ।

प्युठान हान्सपुर-४,का दुई वर्षअघि साउदी पुगेका थिए । उनी जेद्दाको खमिस मुसेदमा मस्जिद सरसफाइ गर्ने काममा कार्यरत थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका