भारतमा नेपाली चेलीको हत्या

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
विराटनगर

भारत बिहारको अररिया जिल्लामा पर्ने जोगवनीको भेडयारीमा नेपाली चेली २२ वर्षीया रञ्जना सहनी (बहरदार) को शुक्रबार राति हत्या भएको छ ।

विराटनगर–११ पिचराकी रञ्जनाको ८ महिना अगाडि २३ फागुनमा जोगवनी भेडयारीकै २५ वर्षीय भिम बहरदारसँग मागी विवाह भएको थियो । जोगवनी प्रहरी चौकीका अनुसार हत्याको दुई दिनपछि आइतबार बिहान सीमावर्ती जोगवनी बजारदेखि करिब ३ किमी दक्षिण भवानीपुरस्थित परमान खोलामा रञ्जनाको शव फेला परेको हो ।

हत्या अघि रञ्जनालाई शारीरिक यातना दिइएकोले गहन अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । दाइजो स्वरुप माग गरिएको २ लाख रुपैयाँ नदिन्दा छोरीको हत्या भएको माइती पक्षको दाबी अनुसार प्रहरीले तत्कालै रञ्जनाको श्रीमान, ससुरा सैनी बहरदार, जेठाजु अर्जुन बहरदार र छिमेकी शिवानन्द मुखियालाई पक्राउ गरेको छ ।

फरार आरोपी सासूआमा र जेठानी दिदीको खोजी भइरहेको प्रहरीले जनाएको छ । पन्ध्र दिन अगाडि पनि ज्वाइँले पसल खोल्नलाई रकम चाहिएको भन्दै दबाब दिएको र नदिएमा रञ्जनाको हत्या गर्ने धम्की दिएको माइती पक्षको आरोप छ । विवाह पछि पनि ऋण काढेर ज्वाइँलाई मोटरसाइकल किनेर दिएको माइती पक्षले प्रहरी समक्ष भनेको छ ।

रञ्जनाको शव घरदेखि करिब १ किलोमीटर परमान खोलामा फेला परेको थियो । । शनिबार छोरी हराएको खबर पाएपछि माइती पक्ष खोजतलास गर्दै जोगवनीको भेडयारी पुगेका थिए ।

खोजबिन जारिरहँदा आइतबार बिहान स्थानीय बालबालिकाले खोलामा शव देखेर खबर गरेका थिए । प्रहरीले पोष्टमार्टमका लागि शवलाई आइतबार दिउँसो फारबिसगञ्ज लगेको छ । कान्तिपुर दैनिकमा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका