मुख्यमन्त्री कार्कीद्वारा दुःख व्यक्त

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
विराटनगर

विराटनगर कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गए राति ताप्लेजुङको फक्तालुङ गाउँपालिकामा भएको घटनाप्रति दुःख व्यक्त गरेको छ । फक्तालुङमा पहिरोमा परी चार जनाको मृत्यु भएको थियो ।

घटनाबारे मुख्यमन्त्री कार्कीले ताप्लेजुङस्थित सुरक्षा निकायका प्रमुख तथा प्रमुख जिल्ला अधिकारीसँग टेलिफोनमार्फत जानकारी लिएको छ । प्रदेशका सबै सुरक्षा निकायका प्रमुखहरुलाई दैवी प्रकोपका घटनाबाट हुने भौतिक र मनवीय क्षति कम गर्न सावधानी अपनाउन उनले निर्देशन दिएको छ ।

मुख्यमन्त्री कार्कीले सुरक्षा निकायले गरिरहेको काम र प्रमुख जिल्ला अधिकारीमार्फत भइरहेको राहत तथा उद्धारबारे चासो राखेएको उनको सचिवालयले जनाएको छ

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका