हतारमा थिएनन् सी, पटक पटक हात उठाउँदै बाईबाई गरिरहे

पत्रपत्रिका
पत्रपत्रिका
काठमाडाैं

नेपालको दुइदिने राजकीय भ्रमण पूरा गरी चीनका राष्ट्रपति सी चिनफिङ आइतबार दिउँसो स्वदेश फर्केका छन् ।

बिदाइ समारोहमा सी हतारमा थिएनन् । प्रस्थान गर्नुअघि आफूलाई बिदाइ गर्न गएकी समकक्षी राष्ट्रपति विद्यादेवी भण्डारीसँगै सीले नेपाली सुरक्षा तथा अन्य निकायका प्रमुख, उनको सम्मानमा प्रदर्शित झाँकीका सहभागी र बिदाइमा उपस्थित बालबालिका सबैलाई समय दिए । लाग्थ्यो उनलाई कुनै हतारो थिएन र उनी सबैसँग संवाद गर्न चाहन्थे ।

स्कुलका बालबालिकाले गरेको बिदाइलाई चासो दिँदै सीले रोकिएर आफ्नो प्रतिक्रिया दिए ।

जाने क्रममा सीले पटक–पटक हात उठाउँदै बाई–बाई गरेका थिए । यो समाचार आजको कान्तिपुर दैनिकमा छ।

तपाईको प्रतिक्रिया