प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको र उनि क्रान्तिकारीहरूको प्रेरणाको स्रोत थियो भनेको छ ।
सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आज नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को प्रधानकार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमा श्री खड्काले उल्लेखनीय प्रगति गरेको बताए ।
“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता थियो, उनले छोटो समयमा राम्रो प्रगति गरेको थियो”, प्रधानमन्त्री दाहालले भने, “उनले सम्भावनायुक्त नेता थियो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्थियो । उनको सहादतबाट अपूरणीय क्षति भयो ।”
सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताउनुभएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।