रसुवामा माछापालनबाट मनग्य आम्दानी, वार्षिक पाँच लाख नाफा

रसुवा

माछा पालन व्यवसायबाट रसुवाकी महिला कृषक याङजेन तामाङ मनग्य कमाउँछिन् । रसुवाकाे ठुलाे भार्खुमा उनले तेह्र वर्षदेखि माछा पालन व्यवसाय गर्दै वार्षिक पाँच लाख नाफा कमाउँछिन् ।

रसुवा जिल्लाकाे गाेसाइकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलाे भार्खु वडा नम्बर ५ ठुलाे भार्खुकी कृषि रेम्बाे ट्राउट माछा पालन उद्योगकाे प्राेपाईटर  याङजेन तामाङले माछापालन व्यवसायबाट वार्षिक पाँच लाख नाफा कमाउने गरेकाे बताउँछिन् ।

उनले आफ्नो श्रीमान तेम्वा ग्याल्सेन तामाङकाे सहयाेग र साथमा व्यवसायलाई अगाडि बढाएकाे बताउँछिन् । २०६८ सालमा ५ राेपनी भिरालो जग्गामा २ वटा पाेखरीबाट सुरु गरेकी उनले सुरूमा ५ लाखकाे लगानी रहेकाे बताइन् । हाल उनकाे याे व्यवसाय कराेडकाे हाराहारीमा पुगेकाे छ ।

उनले भनिन् , ‘ठुलाे भार्खु डाँडामा, वाँदर लडने भिर, साधारण जग्गाकमा  साधारण कृषि बालिहरू लगाउँदै आइरहेका थियाैँ । गाउँ समाजमा सानोतिनाे विरामी,घेवा लगाएतका पर्वहरूमा पैसाले नपुग्ने, कमाई थिएन ।  चार छाेराछाेरी पढाउनु पर्ने । कसैले पत्याउँदैन थिए । त्यतिकैमा  श्रीमान  विदेश हानिए उता पनि राम्रो कमाई गर्न सकेनन्  र आफ्नै गाउँ फर्किएर  माछा पालन व्यवसाय सुरु गर्‍याैँ । ‘ ‘हिमाली आयाेजना र कृषि विकास कार्यालयले सहयाेग गरिदिए  र माछा पाल्न हामीलाई हाैसला बढ्यो ,उनले भनिन्,’ माछा पालन फस्टाउदै गयो ।’

अहिले ती दिन सम्झदा भक्कानाे छुटने र हिम्मत भने हार्न नहुने रहेछ  उनले बताइन् ।उनकाे हरेक मेराे दुख:सुखमा उनकाे श्रीमानले सहयाेग र  प्रेरणाका हाैसला दिएकाले पनि सफल भएकाे उनले बताइन् । उनले भनिन्,”भनिन्छ नि बरू चरेस खानु हरेस नखानु मेराे जीवनमा पनि लागू भयाे मैले हिम्मत हारिन्न त्यसकाे श्रेय मेराे श्रीमान हाे” उनले भनिन् “दुख त धेरै छ कहिले खाना खान पाइँदैन कहिले निन्द्रा नै मार्नु पर्छ ।”

हिमाली आयाेजनाले व्यवसाय सञ्‍चालनमा  २५ प्रतिशत सहयोग गरेकाे उनले बताइन् । उनका अनुसार तत्कालीन कृषि विकास कार्यालय रसुवाले पनि प्राविधिकमा सहयाेग गरेकाे छ ।उनकाे फार्ममा अहिले करिब ३० वटा साना ठुला पाेखरीमा १५ हजार भुरा माछा र ६ हजार  खाने माछा रहेकाे उनी बताउँछिन् ।

उनले हाल रेस्टुरेन्टसमेत सञ्‍चालन गरेकी छिन् । उनको रेस्टुरेन्टमा माछा र खान ढिडाे  खान मानिसहरूकाे अेाइराे लाग्ने गर्छ । पहिले आफूसंँग पैसा नभएर सापटि नदिनेहरू आजभोलि उनीहरू नै सहयाेग माग्न आउन थालेकाे उनले सुनाइन् ।

तपाईको प्रतिक्रिया