काठमाडौं – गायिका बसन्ती लामा र रमेश विक्रम रत्नको संयुक्त स्वरमा डान्सिङ गीत ‘खतरा’ बोलको गीत सार्वजनिक भएको छ । दिपेन थापा युट्युब च्यानलमार्फत सो म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
गायिका लामाले संगीत साधना गर्दागर्दै दर्जनौ गीत गाइसकेकी छिन् । अरुणा लामा, नारायणगोपालका गीतहरुबाट प्रेरणा पाएर नेपाली भजन, आधुनिक,भाषाभाषी,लोकगीत, तीज गीत, तामाङ सेलो, पप , राष्ट्रिय गीत, जनचेतनामुलक प्रहरी गीत, जनवादी गीत, फिल्मी, लोकाधुनिक , ताम्बा गरी हालसम्म ५५ वटा गीतहरु गाएकी छिन्। उनको आफ्नै संगितमा भने तामाङ सेलोमा “उभोत शैलुङ लेकैमा”, बालगीतमा “आमा बाबाकी आँखाको नानी म”, भजनमा “शान्तिको दुत गौतम बुद्ध” गीत प्रस्तुत गरेकी छिन् ।
‘नेपाल गए कपालसँगै, तिम्ले मायामा, सयौं थरी कुरा गर्दै , प्रहरी मेरो साथी, मायाला चिनो, नक्कली कान्छी’ बोलका गीतहरुमा स्वर दिएकी छिन् ।सेलो र नेपाली सुगम संगितको दुनियाँमा रमाउँदै आएकी लामाले यस पटक भने भिन्न शैलीमा डान्सिङ गीत प्रस्तुत गरेकी छिन् । उनले सैलुङका संवाददातासँग भनिन् , ‘यो ‘खतरा’ बोलको गीत एकदम रमाइलो, नाच्ने पाराको छ । गीतले मनलाई आनन्दित र फुरुङग पार्छ ।’
त्रिटल स्टुडियोमा रेकर्ड गरेको ‘खतरा’ गीतको शब्द संगीत पनि रमेश विक्रम रत्नकै रहेको छ । मिक्सिङ सुन्दर लामाले गरेको गीतमा लक्ष्यु प्रकाश मल्लाको एरेन्ज रहेको छ । उक्त गीतमा उनलाइ गायक तथा रचनाकार रमेश विक्रम रत्नले साथ दिएका छन् ।भिडियोमा एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको अभिनय देख्न सकिन्छ । काजिस श्रेष्ठले निर्देशन गरेको ’खतरा’ गीतको भिडियो छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । उक्त भिडियोमा सहायक निर्देशकको रूपमा प्रशान्त मगर रहेका छन् ।
गीत हेर्न यहाँ थिच्नुहोस् ।