प्रतितोला छ सयले घट्यो सुनको मूल्य

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौँ

काठमाडौँ बजारमा पहेँलो धातुको मूल्य आज तोलामा छ सय रुपैयाँ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आज प्रतितोला एक लाख ४२ हजार दुई सय रुपैयाँमा निर्धारण भएको छ ।

आइतबार छापावाला सुन प्रतितोला एक लाख ४२ हजार आठ सय रुपैयाँ मा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन आइतबार प्रतितोला एक लाख ४२ हजार एक सय रुपैयाँ मा कारोबार भएकामा आजका लागि एक लाख ४१ हजार पाँच सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, चाँदी आज प्रतितोला एक हजार आठ सय रुपैयाँमा निर्धारण भएको छ । आइतबार चाँदी प्रतितोला एक हजार आठ सय २० रुपैयाँमा कारोबार भएको थियो ।

तपाईको प्रतिक्रिया