नेपाल प्रवासी तामाङ समाज कतारले बीचल्ली परेका काभ्रे रोशी गाउँपालिका-१,का निशान तामाङको उद्धार गरी नेपाल फर्काइएको छ ।
रोजगारका लागि एक वर्षअघि कतारको दोहास्थित एक प्रतिष्ठित कम्पनीमा आइपुगेका तामाङलाई समाजले उद्धार गरी दूतावासको समन्वयमा १२ अक्टोबर रातीको हिमालय एयरलाइन्सको उडानबाट नेपाल फर्काएको हो ।
बीचल्लीमा परेका तामाङको आर्थिक स्थिति नाजुक देखिएकाले समाजका केन्द्रीय सदस्य मोहन थिङ तामाङका नेतृत्वमा विभिन्न व्यक्तिबाट सङ्कलन गरेका २ हजार ३ सय ६१ कतारी रियल आर्थिक सहयोग गरेका समाजका अध्यक्ष धिरेन तामाङले जानकारी दिए । तामाङलाई कम्पनीले झण्डै १० महिनाको मासिक तलबसमेत नदिएको अध्यक्ष धिरेनले बताए ।
तामाङ सामज कतारले स्थापना कालदेखिनै बीचल्लीमा परेकाहरू उद्धारका साथै विभिन्न रोगका बिरामी, आर्थिक कमजोर भएका र शैक्षिक क्षेत्र लगायतमा आर्थिक सहयोग गर्दै आएका छन् ।