नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले सडक दुर्घटनामा परी घाइते भएका आइताराम तामाङलाई ७१ हजार ३ सय ७७ रुपियाँ सहयोग गरेको छ ।
समितिका कल्याणकारी कोषका मातहतमा सङ्कलित आर्थिक सहयोग घाइते तामाङलाई ११ अक्टोबरमा ग्राण्ड मलस्थित बसेका एघारौँ मासिक बैठकमा अध्यक्ष योगेन्द्र तामाङ, सचिव विकास तामाङ लगायतले संयुक्त रुपमा हस्तान्तरण गरेको हो।
तामाङ गत जुलाई ११ तारिख सनैयाबाट दोहा जाने क्रममा आफैले चलाएका गाडी अनियन्त्रित भई टेलरसँग ठोकिएका थिए । उक्त दुर्घटनामा परि उनको दायाँ खुट्टा भाँच्चिएका र बायाँ खुट्टाका गोलीगाँठोका हड्डी फुटेका थिए । तामाङका उपचार स्थानीय हमाद अस्पतालमा गरेका थिए । हाल उनको दुवै खुट्टामा स्टिल लगाएका छन् ।
थप उपचारका लागि मोटो रकम लाग्ने भएपछि समितिका साथीहरूले आर्थिक सङ्कलन गरी सहयोग गरेकोमा घाइते तामाङले धन्यवाद दिए ।
समितिका आजीवन सदस्य समेत रहेका ३८ वर्षीय तामाङ नुवाकोट बेलकोटगढि नगरपालिका-१३, मदनपुरका हुन् ।