गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ५ ठुलो भार्खुका भिमसेन आधारभूत विघालय उत्कृष्ट विद्यालय घोषित भएको छ ।
पालिकाभित्रको १५ वटा विद्यालयमध्येको उत्कृष्ट घोषित भएको हो ।
विद्यालयका प्रधानाध्यापक रोशन वास्कोटाका अनुसार २०२३ सालमा स्थापना भएको यो स्कुलमा हाल ९० जना विद्यार्थी अध्ययनरत छन् । नर्सरीदेखि कक्षा ८ सम्म पढाइ भइरहेको उनले जानकारी दिए । उनले भने,‘यहाँ कम्प्युटर ल्याब,विज्ञान ल्याब,सेनेटरि प्याड, डिम्बोजर मेसिन लगायत ईसिडिदेखि १ सम्म प्रविधिमैत्री कक्षा सन्चालन भइरहेको छ ।’
स्वच्छ शैक्षिक वातावरणमा बालबालिकाहरूलाई खेलकुदको सामाग्रीहरू सहित पक्की भवनमा अनुभवी शिक्षक शिक्षिकाहरू द्वारा पढाइ भइरहेको प्रधानाध्यापक बास्कोटाले बताए ।
२०८० सालमा गोसाईंकुण्ड गाउँपालिका खेलकुद शाखाको कार्य मुल्याङकन गर्दा १५ विद्यालयमध्ये उत्कृष्ट विघालय बन्न सफल भएको गोसाईंकुण्डका अध्यक्ष कैसाङनुर्पु तामाङले बताए ।
विद्यालयका विघालय व्यवस्थापन समितिका अध्यक्ष डोल्मायाङजेन तामाङले यो स्कुलमा अभिभावक, शिक्षक, विद्यार्थी सबैको लगन परिश्रम र मिहेनतले उत्कृष्ट बनेको बताइन् । सबैसँग पैसा हुँदैन बोर्डिङ स्कुल पढ्न होस्टेल बस्न, हाम्रो घर आँगनमा रहेको स्कुललाई नै सुधार गरेर शैक्षिक स्तरलाई उकालो तर्फ सफल भएका हौ, उनले भनिन् ।
विद्यालमा नर्स १ जना, कार्यालय सहयोगी १ जना र शिक्षक शिक्षिकाहरू १३ जना रहेका छन् ।
स्कुलमा पढ्ने कुनै वेलाका अक्षर चिनेका विद्यार्थीहरु थुप्रै ठाउँहरूमा राम्रो काम गरिरहेका छन् । सरकारी स्कुलमा पनि गुणस्तरीय पढाइ हुन्छ भनेर उदाहरणीय स्कुल बनेकोमा ह्रदयदेखि नै धन्यवाद व्यक्त गरेको उपप्रमुख प्रतिमा लामाले बताइन् ।