अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
सिन्धुली

आज बिहानदेखि अवरुद्ध मध्यपहाडी लोकमार्ग एकतर्फी सञ्चालनमा आएको छ । सिन्धुलीको फिक्कल गाउँपालिका-२ सुम्नामबेँसी, गोलन्जोर गाउँपालिका-१ कुडुले र गोलन्जोर-६ अक्करेभिरमा लगायत क्षेत्रमा  सडक अवरुद्ध भएको थियो ।

गएराति परेको वर्षाका कारण सडक माथिबाट बगेको लेदो र खसेको पहिरोले अवरुद्ध सडक दुवैतर्फी सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख, प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेले जानकारी दिए । उनका अनुसार स्थानीय पालिकाको सहयोगमा जेसिभीले पहिरो पन्छाउने कार्य भइरहेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया