प्रविधिमैत्री पत्रकारिता तालिम बिहीबारदेखि काठमाडौँमा सुरु भएको छ । तामाङ पत्रकार सङ्घद्वारा आयोजित दुई दिने तालिम सिद्धार्थ बुटिक होटेल सिमलटारमा सुरु भएको हो ।
बौद्धनाथ क्षेत्र विकास समितिद्वारा सहयोगार्थ तालिममा विभिन्न जिल्लाबाट मिडियामा आबद्ध पत्रकारहरूको सहभागिता रहेका छन् ।
तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै सङ्घका संस्थापक अध्यक्ष एवं लेखक रवीन्द्र तामाङले अहिले पेपरलेस पत्रकारिताको उदय भएको र प्रिन्ट मिडियाको अन्त हुँदै गएको बताए । उनले भने,”मैले साहित्यिक पत्रकारिताबाट लेखन यात्रा सुरु गर्दै तामाङ समुदायको मुद्दाहरूमा लेख्न सुरु गरेको हो।”
तामाङले तालिमपछि उत्कृष्ट लेख लेख्नेलाई १५ हजारसहितको ताम्रपत्र प्रदान गर्ने घोषणा गरे ।
प्रविधिमैत्री पत्रकारिता आधुनिक पत्रकारिताको महत्त्वपूर्ण अङ्ग हो, जसले प्रविधिको प्रयोग गरेर समाचार लेखन र वितरणलाई नयाँ उचाइमा पुर्याएको छ। यो प्रविधिको उपयोगले समाचारलाई छिटोछरितो र प्रभावकारी बनाउन मद्दत पुर्याउँछ । जसले गर्दा पत्रकारिता क्षेत्र अझ प्रतिस्पर्धी र विश्वसनीय बन्दै गएको छ। प्रविधिमैत्री पत्रकारिता अपनाउने संस्थाहरूले भविष्यमा पनि उच्च गुणस्तरका समाचार प्रदान गर्न सक्षम हुनेछन्।
६ र ७ गतेसम्म हुने तालिममामा प्रशिक्षक रजनीश भण्डारी, सञ्चु ब्लोन र केशव थोकर रहेका छन् ।
कार्यक्रमका सभाध्यक्ष सुवास योन्जनले यो सिकाई उपलब्धिमूलक बन्नेमा विश्वास गरे ।