सङ्खुवासभामा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

किमाथाङ्का ,सङ्खुवासभा

खाँदबारीमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाको आयोजनामा आजदेखि कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको हो ।  ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नाराका साथ प्रदेशस्तरीय खुल्ला पुरुष ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । सङ्खुवासभामा पहिलो पटक प्रदेशस्तरीय पुरुष ब्याडमिन्टन प्रतियोगिता प्रतियोगिता भएको हो ।

प्रतियोगिताको उद्घाटन खाँदबारी नगरपालिका प्रमुख महेश थपलियाले गरेका छन् । उनले खेलाडी र खेल क्षेत्रको विकासका लागि सबै पालिकाले लगानी गर्नु आवश्यक भएको धारणा राखें।  प्रतियोगितामा भातरको कोलकात्ता, ग्यानटोक, सिक्किम, दार्जिलिङसहित नेपालका ९२ टिमको सहभागिता रहेको जिल्ला ब्याडमिन्टन सङ्घ सङ्खुवासभाका अध्यक्ष राजु श्रेष्ठले जानकारी दिए । प्रतियोगिताको भेट्रान्सतर्फ ३० टिम, मेन्स डबलतर्फ आठ टिम र बी डिभिजन जिल्लास्तरीय ५४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।

प्रतियोगितामा प्रथम हुनेपुरुष डबलतर्फ रु ६० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३५ हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुने टोलीलाई रु १०–१० हजार मेडल र प्रमाणपत्र प्रदान गरिने छ । भेट्रान्सतर्फ   रु ५० हजार मेडल र प्रमाणपत्र, दोस्रो हुनेलाई रु ३० हजार मेडल र प्रमाणपत्र तथा तेस्रो हुनेलाई रु सात हजार पाँच सय मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

प्रतियोगिता खाँदबारी–१ घिमिरे गाउँस्थित सोमनाथ घिमिरे मेमोरियल इन्डोस्टेडियममा सञ्चालन भइरहेको छ । ब्याडमिन्टन प्रतियोगितामा करिब रु १० लाख बराबरको खर्च हुने अनुमान गरिएको छ । ब्याडमिन्टन प्रतियोगिताको समापन असार ८ गते हुने आयोजकले जनाएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका