यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौलदैनन्
बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन्
नेपाल आमा सबै नेपालीको साझा आमा थियो
यहाँ टाठाबाठा शासकहरुले मात्रै आफ्नो पेवा बनायो ।
यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौलदैनन्
बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन्
यहाँ नेपाल आमाका सन्तान देखाएर व्यवस्था आए गए
तिम्रो जमीनको काख अंश नलगाएर मेरो बेहाल बनाए ।
यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौल्दैनन्
बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन्
निर्दो भएर आमा आज म चिच्याउन नसक्ने भएको छ
तिम्रो अंशको लालपूर्जा नपाएर पुस्तौ देखि बेहाल भएको छु ।
यहाँ बग्रेल्ती मूर्तिहरु कहिल्यै बौल्दै बौलदैनन्
बोल्ने मूर्तिहरु जो भए पनि कहिल्यै मुख खोल्दै खोल्दैनन्
म तिम्रो त्यो एक छेउ काख पाउने अधिकारको आशमा छु
त्यो बोल्ने मूर्तिहरुसँग तिम्रो लालपूर्जाको भिख मागिरहेछु ।