एनआरएनएको अध्यक्षमा पन्त र आचार्यको प्रतिस्पर्धा

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवौं महाधिवेशन काठमाडौंमा हुदैछ । २०१९–२०२१ का लागि नेतृत्वकम वर्तमान उपाध्यक्ष कुमार पन्त (जर्मनी) र कुल आचार्य (बेलायत) बीच प्रतिस्पर्धा हुने भएको छ ।

दुबै अध्यक्षका उम्मेदवारले प्यानलसहित चुनाव लड्न लागेका हुन् । पन्त नेकपा निकट र आचार्य काँग्रेस निकट मानिन्छन् । यद्यपि दुबै समूहका प्यानलबाट फरक पार्टी निकटका समेत उम्मेदवार बनेका छन् ।
यसैक्रममा अध्यक्षका प्रत्यासी आचार्यले सोमबार प्यानलसहित अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

सोमबार दिउँसो आचार्यले काठमाडौंमा पत्रकार सम्मेलन गरी प्यानलसहित उम्मेद्वारी घोषणा गरेका हुन् । उनको प्यानलबाट उपाध्यक्षहरुमा केशव पौडेल (अमेरिका) नरेन्द्र भाट (कतार), मन केसी (अष्ट्रेलिया) र रविना थापा (अमेरिका) रहेका छन् ।

यस्तै महासचिवमा जानकी गुरुङ र कोषाध्यक्षमा सोम सापकोटाको उम्मेदवारी परेको छ ।

यस्तै कुमार पन्त प्यानलबाट उपाध्यक्षमा डा. बद्री केसी, सोनाम लामा, धर्मराज अधिकारी, हिम्मत थापा, र सपिलाराज भण्डारी (रसिया) उपाध्यक्षको उम्मेदवार हुने भएका छन् । यस्तै महासचिवमा डा. हेमराज शर्माको उम्मेदवारी पर्ने निश्चित भएको छ ।

यस्तै कोषाध्यक्षमा महेश श्रेष्ठ र सहकोषाध्यक्षमा लोकप्रसाद दाहाल, युरोप उपसंयोजक कृष्ण प्रसाद तिमल्सिना उम्मेदवार हुने भएका छन् ।

विश्वभर छरिएर रहेका ८० लाख नेपालीको साझा संस्था भएकाले एनआरएन विश्व सम्मेलनलाई महत्वका साथ हेरिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका