तामाङ समाज क्रोएसिया प्रथम लाफा एफसी गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ । तामाङ समाजले शनिबारबाट सुरु भएको गोल्डकपमा मगर समाज क्रोएसियालाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेको हो ।
क्रोएसियाको जाग्रेबस्थित एरिना सेन्टरमा भइरहेको प्रतियोगितामा तामाङ समाजले मगर समाजलाई शुन्यका विरुद्ध ३ गोलले पराजित गरेका हुन् । ४०, मिनेट खेलाएका खेलमा मगर समाजलाई दबाबमा राखेका थिए । आफ्ना खेलाडीहरुले सोचेभन्दा राम्रो खेलेको प्रशिक्षक अर्जुन मोक्तानले बताए । ` यहि रफ्तारमा हाम्रो खेलाडीहरुले खेल्यो भने टिम प्रथम हुनबाट कसैले रोक्न सक्दैन, ` प्रशिक्षक मोक्तानले भने,` क्वाटरफाइनल पार गर्न केही कठिनाई भएपनि, सेमिफाइनल हाम्रो पोल्टामा हुनेमा ढुक्क छु ।´
तामाङ समाजको खेल संतोषजनक रहेको टीम मेनेजर जीवन ग्लानले बताए । उनका अनुसार टिम र प्रशिक्षकको मेहनत खेलमा देखिएका छन् । टीमलाई क्वाटरफाइनलमा केही गार्हो भएपनि जित हात पार्ने मेनेजर ग्लानको भनाई थियो ।
त्यसैगरी टिमका आर्थिक बिभाग प्रमुख विशाल मोक्तानले खेलाडीहरुले उत्कृष्ट प्रदर्शन गरेको बताए । उनका अनुसार टिममा सन्तुलन मिलेका छन् । माउन्ट एभरेस्टलाई पनि तामाङ समाजले पराजित गर्ने आर्थिक विभाग प्रमुख मोक्तानको भनाई छ ।
तामाङ समाजका टिमका कप्तान सुरेन्द्र योन्जन तामाङ हुन् । त्यस्तै उपकप्तानको जिम्मेवारी मनोज लोप्चन तामाङले पाएका छन् । त्यसैगरी तामाङ समाज क्रोएसियाको टिममा सोम घलान तामाङ, डेविट मगर, सोनाम तामाङ, प्रदीप थिङ तामाङ, आशिक मल्ल, देबेन गुरुङ, पङोजा मगर र रोमन लिम्बु रहेकाछन् ।
प्रतियोगितामा १६ टीम सहभागी छन् । दुई दिनसम्म चल्ने लाफा गोल्डकप आइतबार समापन हुनेछन् । गोल्डकप समापनमा कार्यक्रमका प्रमुख अतिथि एनआरएनए क्रोएसियाका अध्यक्ष साइमान लामा रहने आयोजकले बताए । आयोजकका अनुसार प्रतियोगिताको उद्घाटन एनआरएनएका उपाध्यक्ष रन्जना चौहानले गरेकी हुन् ।
थप यो पनि
क्रोएसियामा पहिलो पटक मनाए ल्होछार
क्रोएसियामा तामाङ समाज गठन, अध्यक्षमा सनिप