रुसका राष्ट्रपति भ्लादिमिर पुटिन औपचारिक भ्रमणका लागि सोमबार साउदी अरब आएको छ । पुटिन अहिले साउदी अरबका राजधानी रियादमा रहेका साउदी प्रेस एजेन्सीद्वारा प्रेषित समाचारमा उल्लेख गरिएको छ ।
यस भ्रमणलाई पुटिनको क्षेत्रीय भ्रमणको अंशको रूपमा लिइएको छ । उनले मङ्गलवार संयुक्त अरब इमिरेट् (युएई)को पनि भ्रमण गर्ने भएको छ । दुई अरबी मुलुकसँग राष्ट्रपति पुटिनले दुई पक्षीय साझा चासोका बारेमा छलफल गर्ने एजेण्डा रहेको अधिकारीहरुले जनाएका छन् ।
साउदी अरबमा पुटिनलाई गभर्नर राजकुमार फैसल विन बन्दर विन अब्दुलाजिज अल साउदले स्वागत गरेका हुन् । रुसका राष्ट्रपति पुटिनको भ्रमणलाई साउदी अरबका विदेशमन्त्री अडेल अल जुविरले “ऐतिहासिक” भ्रमणको सञ्ज्ञा दिएको छ । भ्रमणका क्रममा दुई पक्षीय कुनै सम्झौतामा हस्ताक्षर हुने कार्यक्रम भने नरहेको अधिकारीहरुले जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1