मेलम्ची नगरपालिकाले आर्थिक वर्ष २०८१/ ८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार बजेट विनियोजन गरेको छ । आइतबार मेलम्ची नगरपालिकाको नगरसभाले पूर्वाधार निर्माणमा जोड दिंदै आर्थिक वर्ष २०८१/ ८२ को लागि १ अर्ब ७६ करोड ८४ लाख ५९ हजार बजेट विनियोजन गरेको हो ।
मेलम्ची समृद्धिको आधार, कृषि, पर्यटन, उधोग र जलाधार भन्ने नारालाई आत्मसात गर्दै नगरपालिकाले आगामी आर्थिक वर्षको लागि पालिकाले बजेट विनियोजन गरेको
बजेटमा २०७८ सालको बाढीले बगाएको पक्की पुल निर्माणका लागि समेत बजेट विनियोजन गरको छ । संघ र प्रदेश सरकाको प्राथमिकतामा नपरेपछि पुल निर्माणका लागि बजेट विनियोजन गरेको नगर प्रमुख आइतमान तामाङले बताए । बजेटले प्राथमिकताको आधारमा कृषि, स्वास्थ्य , शिक्षा लगायतको क्षेत्रमा बढि जोड दिएको छ ।
अधिवेशनले नगर प्रमुख एवम सेनाध्यक्ष आइतमान तामाङले प्रस्तुत गरेको नीति तथा कार्यक्रम, उपप्रमुख उमा प्रधानले प्रस्तुत गरेको बजेट र विनियोजन विधेयक २०८१ तथा विभिन्न विधेयक र प्रस्तावहरु सर्वसम्मत पारित गरेको थियो ।