कोरियामा ‘म्हेनिङ’को शुभकामना आदानप्रदान

दक्षिण कोरिया

कोरियामा रहेका तामाङहरुले तामाङहरुको मौलिक पर्व ‘म्हेनिङ’ पर्वको शुभकामना आदानप्रदान गरेको छ ।

शनिबार राजधानी सउलमा नेपाल तामाङ संघले एक कार्यक्रम गर्दै म्हेनिङको शुभकामना आदानप्रदानसँगै छलफल गरेको थियो । छलफलको क्रममा बक्ताहरुले म्हेनिङको बारेमा रहेका विभिन्न पुस्तक, अनुसन्धानमुलक लेख रचना सबैले अध्ययन गरी तामाङ समुदायले विधिगत रुपमा मनाउनुपर्ने बताए । उनीहरुको अनुसर यो हाम्रो मौलिक, पहिचान र पुर्खाको पर्व भएको कारणले अहिले यो पुस्ताका समुदायले पनि मनाउनु पर्ने बताए । यो पर्व तामाङ पात्रोअनुसार म्हेनिङ (असोज) महिनामा पर्ने भएकोले ‘म्हेनिङ’ नै नाम रहन गएको तामाङ विज्ञहरू बताउछन् ।

सम्भवतः प्रवासी भूमिमा यस पर्व बारे यो पहिलो शुभकामना आदानप्रदान कार्यक्रम रहेको अतिथिहरुको भनाइ थियो । आयोजक संस्था तामाङ संघका अध्यक्ष मेघप्रसाद वाइबाले अबको दिनमा पर्वको बारेमा छलफल तथा शुभकामना आदानप्रदानलाई निरन्तरता दिने बताए । उनले यो दशै पनि यसै तिथिमा हुने भएकोले म्हेनिङ ओझेलमा परेको जिकिर गरे ।

कार्यक्रममा हालै निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय पदिषदका उपाध्यक्ष सोमबहादुर वाइबा, सचिव राजकुमार स्याङ्तान, नेपाल आदिवासी जनजाती महासंघ कोरियाका पूर्वाध्यक्ष चित्रबहादुर मोक्तान, सउल नेपाल गुम्बाका लामा प्रमुख कुन्साङ लामा, प्रदेश नं.३ एकता समाजका अध्यक्ष किशोर ब्लोन ‘नियोग’, काभ्रे सम्पर्क समितिका अध्यक्ष सानु लामा, नुवाकोट समाजका अध्यक्ष राज दोङ र पाँ स का अध्यक्ष भवश्वी बम्जनलगायत उपस्थित थिए ।

कार्यक्रममा हालै निर्वाचित गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय पदिषदका उपाध्यक्ष सोमबहादुर वाइबा र सचिव राजकुमार स्याङ्तानलाई नेपाल तामाङ संघले दोसल्ल र खादाले सम्मानसँगै सफल कार्यकालको लागि शुभकामना दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया