सांस्कृतिक कार्यक्रमबाट महाधिवेशन प्रचार आर्थिक बटुल्दै समाजवादी

पाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार

काठमाडौँ 

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को राष्ट्रिय महाधिवेशन प्रचार तथा आर्थिक सङ्कलनका लागि सोमबार सांस्कृतिक साँझ आयोजना हुने भएको छ । पार्टी निकट जनसांस्कृतिक महासङ्घले राष्ट्रिय नाचघरमा आयोजना गर्ने सांस्कृतिक साँझमा राष्ट्रिय कलाकारहरुको सहभागितामा विभिन्न गीत, नृत्य तथा साङ्गीतिक रचना प्रस्तुत गर्न लागिएको महासचिव ऋषि अधिकारीले जानकारी दिए ।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुन लागेको महाधिवेशनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उनले बताए । पार्टी अध्यक्ष माधवकुमार नेपालले शुभारम्भ गर्नुहुने कार्यक्रममा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसाललगायतका सहभागिता रहने छ भने त्यहाँ विभिन्न जातजाति तथा भाषा, मौलिक संस्कृतिका गीत र नृत्य प्रस्तुति हुने आयोजकले जनाएको छ ।

कार्यक्रममा पार्टीको महाधिवेशनका लागि आर्थिक सहयोग सङ्कलन गरिने महासचिव अधिकारीले जानकारी दिए। तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ९एमाले० सँग विभक्तपछि गठन गरिएको एकीकृत समाजवादीले पहिलो पटक गर्न लागेको महाधिवेशनमा महासङ्घका तर्फबाट १५ जनाले प्रतिनिधिका रुपमा ससहभागिता जनाउँदै छन् । पार्टीले देशभरबाट एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिसकेको यसअघि नै जनाएको छ ।

तपाईको प्रतिक्रिया