खुल्ला भयो ‘मिस ग्राण्ड नेपाल-२०२४’को आवेदन

काठमाडौँ 

‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताका लागि आवेदन खुल्ला गरिएको छ ।उमङ्ग क्रिएसन प्रालिकाको आयोजनामा ‘मिस ग्राण्ड नेपाल, २०२४’ नामक सौन्दर्य प्रतियोगिताको आवेदन खुल्ला गरेको जानकारी आज काठमाडौंको सोल्टी होटलमा पत्रकार सम्मेलनमा दिएको हो ।

उक्त सम्मेलनमा आयोजक उमङ्ग क्रिएसन प्रालिका प्रबन्ध निर्देशक उद्धव अधिकारीले आजैदेखि आवेदन खुला गरिएको र इच्छुकले यही असार ३१ गतेसम्म आवेदन दिनसक्ने जानकारी दिए ।उनका अनुसार प्रतियोगितामा १८ देखि २९ वर्ष उमेर समूहका अविवाहित महिलाले आवेदन दिनसक्ने छन् भने आवेदकहरुको उचाइ कम्तीमा पाँच फिट तीन इञ्च हुनुपर्नेछ ।

कम्पनीका अनुसार प्रतियोगिताको विजेताले नेपालको प्रतिनिधित्व गर्दै ‘मिस ग्राण्ड इन्टरनेसनल(२०२४’मा सहभागी हुन पाउनेछन् । “यस वर्ष  ‘ब्रेभ, बोल्ड, ब्यूटिफूल’ को नारासहित मिस ग्राण्ड नेपाल(२०२४ घोषणा गरिएको छ”, उनले भने, “प्रतियोगिताको ग्राण्ड फिनाले आगामी भदौ ११ गते गरिनेछ ।” यो प्रतियोगिताले एक नव महिलाको खोजि गरी नेपाल मात्र नभएर विश्वसामु सक्षम प्रतिनिधि तयार गरी चिनाउने बताए ।

त्यसअघि आगामी साउन २३ गते मिस ग्राण्ड नेपाल(२०२४ को क्राउन सार्वजनिक गरिने उनको भनाइ छ ।  कम्पनीले सन् २०२० देखि प्रत्येक वर्ष सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको छ । उमङ्ग क्रिएशनले सन् २०२३ मा ‘मिस ग्राण्ड इन्टरनेशनल’को फ्रेन्चाइज लिएको थियो । प्रतियोगिताको कोरियोग्राफरमा प्रशान्त ताम्राकार रहेका छन्  ।कोरियोग्राफरमा प्रशान्त ताम्राकारले यस किसिमको प्रतियोगिताले नेपालको पर्यटनमा पनि टेवा  पुग्ने बताए ।

तपाईको प्रतिक्रिया