गौरीशङ्कर गाउँपालिकाले ५८ करोडको बजेट विनियोजन

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
दोलखा

दोलखाको गौरीशङ्कर गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।

आइतबार १५ ‍औं गाउँसभाले आगामी आर्थिक वर्षका लागि ५८ करोड ८४ लाख ६ हजार ६ सय ५० रुपैयाँ बराबरको बजेट ल्याएको हो ।

गाउँपालिकाले चालुतर्फ ९ करोड ९५ लाख र पुँजीगततर्फ ५० लाख बजेट विनियोजन गरिएको हो ।

गौरीशङ्कर गाउँपालिकाले आगामी वर्ष वडाका लागि ४ करोड ६० लाख र पालिकास्तरीय योजनाका लागि १ करोड ९३ लाख ९८ हजार ६ सय ५० रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, शिक्षा तथा खेलकुद शीर्षकमा २ करोड ३० लाख, स्वास्थ्यका लागि एक करोड ५० लाख, कृषि तथा पशुपन्छी विकास शीर्षकमा ५० लाख बजेट छुट्ट्याइएको छ । गाउँपालिकाले आगामी आर्थिक वर्ष विपद् व्यवस्थापनका लागि ५० लाख बजेट विनियोजन गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया