‘नीतिगत भ्रष्टाचार अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्दैन’

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
21 Shares
काठमाडौं

काठमाडौँ नेकपा (माओवादी केन्द्र) की सांसद गङ्गाकुमारी वेल्वासेले मुलुकमा नीतिगत भ्रष्टाचारको अन्त्य नभएसम्म भ्रष्टाचारमुक्त देश बन्न नसक्ने बताएको छ । उनले यसका लागि जनचेतना जगाउन आवश्यक रहेको उल्लेख गरे ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद वेल्वासेले निकुञ्जसम्बन्धी कानुनमा देखिएका समस्यालाई परिमार्जन गर्न आवश्यक भएको बताए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) की सांसद रुक्मिणी कोइरालाले समाजमा पितृसत्तात्मक सोचका कारण महिला हिंसामा पर्ने गरेका उल्लेख गर्दै नियन्त्रण गर्न अभियान चलाउन सरकारको ध्यानाकर्षण गराए ।

नेकपा (एकीकृत समाजवादी) की सांसद गोमादेवी तिमिल्सिनाले पछिल्लो समय साझा प्रकाशन आर्थिक सङ्कटबाट गुज्रिरहेको र दयनीय अवस्थामा रहेको उल्लेख गर्दै यस्ता संस्थालाई जोगाउन सरकारसँग माग गरे ।

नेपाली कांग्रेसका सांसद पदमबहादुर परियारले कर तिर्ने जनतासँग कर्मचारीको व्यवहार राम्रो नभएको र सरकारको नीति पनि करमैत्री नदेखिएकाले यसतर्फ सरकारको ध्यानाकर्षण गराए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया