कैलाश गाउँपालिकाले ल्यायो ४८ करोडको बजेट

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
42 Shares
मकवानपुर

मकवानपुरको कैलाश गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१–०८२ को लागि नीति कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ । सोमबार १४ औँ गाउँसभामा उपाध्यक्ष बालकुमार मल्ल ठकुरीले ४८ करोड ७८ हजार ६७ रुपैयाँ विनियोजन गरेको सार्वजनिक गरेकी हुन् ।

जसमा चालु तर्फ ३३ करोड १२ लाख ४७ हजार रुपैयाँ र पुँजीगत तर्फ १५ करोड ६६ लाख २० हजार रहेको उपाध्यक्ष ठकुरीले बताए । आर्थिक विधेयक २०८१, विनियोजन विधेयक २०८१, बजेट वक्तव्य मध्यकाल खर्च संरचना २०८१ पनि उक्त अधिवेशनले बहुमतले पारित गरेको हो ।

तपाईको प्रतिक्रिया