पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन उपमेयर डङ्गोलको आग्रह

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
28 Shares
काठमाडौं

काठमाडौँ महानगरकी उपमेयर सुनिता डङ्गोलले पदमा बसपछि पदको मर्यादा कायम राखेर अभिव्यक्ति दिन मेयर बालेन शाहलाई आग्रह गरेकी छन् ।

काठमाडौँ महानगरको नगर सभाको बैठकमा बोल्दै उपमेयर डङ्गोलले सिंहदरबार जलाउने, भत्काउने अभिव्यक्तिले हामी सबैलाई विनाशको बाटोमा लैजाने भन्दै सबैको अस्तित्वलाई स्वीकार गर्नुपर्ने बताएकी हुन् ।

सबैले छलफल र संवादबाट समस्याको समाधान गर्नुपर्नेमा जोड दिँदै जनप्रतिनिधिहरू सार्वजनिक रूपमा विवादमा उत्रिन नहुने बताइन । उनले मेयर र आफू लगायतका युवा नेताहरू राजनीतिमा आएको र आफूहरूका काम विश्वले हेरिरहेको भन्दै आफ्नो अभिव्यक्तिले कस्तो असर गर्छ भन्ने ख्याल गर्नुपर्ने बताएकी छन् ।

उनले न्यूरोड, कलङ्की जस्ता स्थानको विवाद संवादबाट समाधान गर्नुपर्ने बताएकी छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया