काठमाडौँ महानगरपालिकाले २५ अर्ब ७० करोड ६३ लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ । सोमबार महानगरको १५औँ नगर सभा बैठकमा उपप्रमुख सुनिता डङ्गोलले उक्त बजेट विनियोजन गरेकी हुन् ।
महानगरले आगामी आर्थिक वर्षमा ११ वटा गौरवका योजना अगाडि सारेका छन् । त्यसका लागि ३ अर्ब बजेट विनियोजन गरिएको उपप्रमुख डङ्गोलले जानकारी दिएकी छन् ।
त्यस्तै काठमाडौँ महानगरपालिकाले २ अर्ब बराबरको ३० वटा स्वर्णिम योजना ल्याएका छन् । जसमा ढलरहित नदीलगायत रहेका छन् ।
काठमाडौँ महानगरले गत वर्ष २४ अर्ब ८ करोडको बजेट प्रस्तुत गरेको थियो । चालु आर्थिक वर्षमा महानगरले १० अर्ब ८० करोडको राजस्वसहितको आम्दानी गरेको र हाल महानगरको बैङ्क खातामा १३ अर्ब २३ करोड रहेको डङ्गोलले जानकारी दिएकी छन् ।
महानगरले गत वर्षको बजेटको ९ अर्ब ३३ करोड मात्र खर्च गरेको उनले बताएकी छन्, जुन कुल बजेटको ३९ प्रतिशत मात्र हो ।