धादिङको नीलकण्ठ नगरपालिका आर्थिक वर्ष २०८१/०८२ को लागि १ अर्ब १९ करोडको बजेट प्रस्तुत गरेको छ ।
दोस्रो नगर सभाको पाँचौँ अधिवेशनले उपप्रमुख दीपक विश्वकर्माले नगर सभाको अधिवेशनमा कार्यपालिकाबाट आव ०८१।८२ का लागि पारित गरेको हो । चालुतर्फ ८७ करोड ९४ लाख ८४ हजार चार सय रुपैयाँ र पुँजीगत तर्फ ३१ करोड पाँच लाख १७ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
सङ्घीय सरकारको समानिकरण अनुदान २१ करोड २१ लाख ४५ हजार, ससर्त अनुदान ४६ करोड ७५ लाख ६० हजार, समपूरक अनुदान १ करोड ४० लाख, राजश्व बाँडफाँड १४ करोड ९० लाख, बागमती प्रदेश सरकारको समानिकरण अनुदान २ करोड ३८ लाख ७२ हजार, ससर्त अनुदान ३ करोड ७० लाख २ हजार, समपूरक अनुदान ३ करोड, विशेष अनुदान १ करोड, राजश्व बाँडफाँड ६करोड ५९ लाख, २२ हजार ४ सय हुने अनुमान गरिएको छ ।
यसै गरी आन्तरिक तर्फ आन्तरिक राजश्व ५ करोड, मालपोत ३ करोड, अन्य रकम १० करोड ५ लाख रुपैयाँ आम्दानी हुने अनुमान गर्दै उपप्रमुख विश्वकर्माले १ अरब १९ करोड १ हजार ४ सय को बजेट प्रस्तुत गर्नुभएको हो ।
गत आर्थिक वर्षमा नगरपालिकाले १ अरब २४ करोड ७ लाख ९३ हजार २ सय २३ रुपैयाँको बजेट विनियोजन गरेकोमा ६० दशमलव ४१ प्रतिशत मात्र बजेट खर्च गरेको बजेट समीक्षामा उल्लेख गरिएको छ । आन्तरिक आय ६ करोड अनुमान गरिएकोमा ४८ दशमलव ४७ प्रतिशत, सङ्घीय सरकारको राजश्व बाँडफाँडतर्फ १४ करोड ३ लाख ९४ हजार मध्ये ७३ दशमलव ९६ प्रतिशत, प्रदेश सरकारको राजश्व बाँडफाड ६ करोड ६४ लाख ९६ हजार ४ सय ७८ अनुमान गरिएकोमा ७३ दशमलव ५ प्रतिशत र मालपोत बाँडफाँड तर्फ २ करोड अनुमान गरिएकोमा ८४ प्रतिशत मात्र नीलकण्ठ नगरपालिकाले आम्दानी गर्दा कयौँ योजना गरिएका कार्यक्रम समेत नभएको बजेट समीक्षामा उल्लेख छ ।