नुवाकोटको तादी गाउँपालिकाले ४६ करोड ६४ लाख ९० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । पालिकाका अध्यक्ष सन्तमान तामाङको सभाअध्यक्षमा भएको १५ औँ गाउँसभाले नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरिएकाे हाे । यस वर्ष चालु वर्षको तुलनामा करिब २ करोड कम बजेट प्रस्तुत भएकाे थियाे।
गाउँपालिकाकाले सो रकममध्ये अल्यासहित आन्तरिक स्रोत तर्फ विभिन्न कर तथा शुल्क सङ्कलनबाट रु २ करोड ९८ लाख २६ हजार ३९९ मात्र उठाउने जनाएको छ ।
राजस्व बाँडफाँड (सङ्घ तथा प्रदेश सरकार) बाट रु. ८ करोड ७७ लाख ७० हजार ६०१ रुपैयाँ, वित्तीय समानीकरण अनुदान (सङ्घ तथा प्रदेश सरकार) बाट रु. ८ करोड ६२ लाख १८ हजार, सशर्त अनुदान (प्रदेश तथा सङ्घ सरकारबाट ) बाट रु. २२ करोड ८६ लाख ७५ हजार, समपूरक अनुदान (सङ्घ तथा प्रदेश बाट रु २ करोड ५१ लाख विशेष अनुदान ( प्रदेश) बाट रु ८० लाख प्राप्त हुने अनुमानित बजेट उपाध्यक्ष सन्जु प्याकुरेलले पेश गरेकी छिन् ।
त्यसैगरी व्यय तर्फ चालु प्रशासनिक र कार्यक्रमगत खर्च रु. ८ करोड ५२ लाख ८० हजार रुपैयाँ, वडा स्तरीय योजना तथा कार्यक्रमहरूको लागि रु. १ करोड ८० लाख, समपूरक तर्फ लागत सहभागिताको लागि रु. ४ करोड १ लाख , गाउँपालिका स्तरीय योजनाको लागि रु. १ करोड १५ लाख खर्च विनियोजन गरेको छ ।
यस्तै विशेष अनुदान तर्फ ८० लाख, प्रदेश र सङ्घीय शशर्त तर्फको रु २२ करोड ८६ लाख ७५ हजार तोकिएर आए बमोजिमका कार्यक्रममा खर्च गर्ने गरी व्यय प्रस्तुत भएको छ ।