शैलुङमा विवादपछि गाउँसभा स्थगित, काङ्ग्रेस र माओवादीका जनप्रतिनिधिद्वारा एमालेका जनप्रतिनिधिमाथी दुर्व्यवहार

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
210 Shares
दोलखा

दोलखाको शैलुङ गाउँपालिकामा विवादपछि गाउँसभा स्थगित भएको छ । गाउँसभामा जनप्रतिनिधिबीच विवाद र हात हालाहालको स्थिति भएपछि गाउँसभा स्थगित भएको हो ।

शैलुङले आगामी आर्थिक वर्ष २०८१ /८२ का लागि नीति तथा कार्यक्रम र बजेट ल्याउन आज आयोजना गरेको गाउँसभामा जनप्रतिनिधिले चालु वर्ष भ्रमण भत्ता लिएको विवरण सार्वजानिक गरिएको विषयलाई लिएर गाउँसभामा विवाद भएको थियो ।

वडा नं. १ वडा अध्यक्ष बिरबहादुर घतानी र वडा नं. ३ का वडा अध्यक्ष विरबहादुर तामाङले वडा नं. ५ का एमालेबाट निर्वाचित वडासदस्य नवराज कार्कीलाई विवरण सार्वजनिक गरेको आरोप लगाएपछि सभामा तनाव पैदा भएको थियो ।

सो क्रममा गाउँपालिकाको सभाहल र सभाहलसँगै रहेको उपाध्यक्षको कार्यकक्षमा क्षति पुगेको बताइएको छ । गाउँसभामा जनप्रतिनिधिबीच विवाद र हात हालाहालको स्थिति भएपछि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले गाउँसभा बहिस्कार गरेका छन् ।

शैलुङ गाउँपालिकाको ४२ सदस्यीय कार्यपालिका रहेकोमा २६ जना एमाले तथा १६ जना नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि छन् । गाउँपालिकाले अर्को सूचना जारी नभएसम्मका लागि गाउँसभा स्थगित भएको जानकारी दिएका छन् ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया