‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’को विजेता भोटेकोशी एडभेन्चर क्लब

सिन्दुपाल्चोक

सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ सम्पन्न भएको छ । नेपालको जलयात्रा व्यवसायलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल एसोसिएसन अफ र्‍याफ्टिङ एजेन्सिज ९नारा०ले नेपाल पर्यटन बोर्ड र संस्कृतिक पर्यटन तथा सहकारी मन्त्रालयको सहकार्यमा असार १० र ११ गते भोटेकोशी नदीमा राष्ट्रिय स्तरको ‘२२ औँ हिमालयन ह्वाइट वाटर च्यालेन्ज’मा सम्पन्न भएको छ ।

राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक  साहसिक जलयात्रा  प्रतियोगितामा र्‍याफ्टिङ र काएकिङ प्रतिस्पर्धा भएको थियो ।नौ किलोमिटर लामो दुरी रहेको साहसिक जल पर्यटन खेलमा र्‍याफ्टिङ पुरूषको १३ टिम र महिलाको एक टिम  गरी १४ टिम रहेको थियो भने  कायाकिङमा २५ पुरूष र २ महिला गरी २७ जना सहभागी रहेका थिए ।

र्‍याफ्टिङ प्रतियोगितामा २९ मिनेट ५१ सेकेन्डमा दुरी पार गरी पहिलो स्थान स्थानिय भोटेकोशी एडभेन्चर क्लबले लिन सफल भएको छ ।विजयी हुने प्रथम ,भोटेकोशी एडभेन्चर क्लबले ४० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाण पत्र पाएका छन् ।

३१ मिनेट ७ सेकेन्डमा दुरी पार गरी  द्वितीय स्थानमा स्थानिय राफ्टिङ स्टार हुन सफल भएको छ।दोस्रो हुने राफ्टिङ स्टारले २० हजार रुपैयाँ नगदसहित मेडल र प्रमाण पत्र पाएका छन् ।

यसैगरी ३१ मिनेट ३४ सेकेन्डमा दुरी पार गरी तृतीय स्थान त्रिभुवन आर्मी क्लब ए ले लिन सफल भएको छ। तृतीय स्थान प्राप्त गर्ने त्रिभुवन आर्मी क्लब लाई १० हजार रुपैयाँका साथै विजेता खेलाडीहरूले मेडल र प्रमाण पत्र पाएका छन् ।

कायाकिङ खेलतर्फ  २७ सहभागीलाई पछाडि पार्दै ३० मिनेट ५१ सेकेन्ड दुरी पार गरी प्रथम हुन  सफल भटका छन् ,सुरेन्द्र माझी । उनले २० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र सिल्ड र मेडल पाए  ।

कायाकर सुरेन्द्र माझी

कृष्ण खड्काले ३० मिनेट ५४ सेकेन्डमा सो दुरी पार गरेर दोस्रो भएका छन्  । उनले १० हजार रुपैयाँ नगदसहित प्रमाण पत्र सिल्ड र मेडल पाए ।

कायाकर कृष्ण गौतम

विजय माझीले ३१ मिनेट ०३ सेकेन्डमा सो दुरी पार गरेर तृतीय भएका छन् ।उनले ५ हजार रुपैयाँ नगदसहित प्रमाण पत्र सिल्ड र मेडल पाएका छन् ।

कायाकर विजय माझी

 

तपाईको प्रतिक्रिया