रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को लागि नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।
सोमबार १५ औँ गाउँ सभामा अध्यक्ष काजीबहादुर खड्का ‘दिनेश’ ले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । यस्तै उपाध्यक्ष उषादेवी कार्कीले बजेट प्रस्तुत गरेकी हुन् ।
उपाध्यक्ष कार्कीले आगामी आर्थिक वर्षका लागि ५० करोड ३३ लाख २० हजार १५० बराबरको बजेट सार्वजनिक गरेकी हुन् ।
पालिकाले सङ्घीय सरकारबाट ४० करोड ७२ लाख १७ हजार, प्रदेश सरकारबाट ८ करोड ५१ लाख ३ हजार १५० र पालिकाको आन्तरिक श्रोतबाट एक करोड १० लाख रुपैंया प्राप्त गर्ने अनुमान गरेको छ ।
गोकुलगंगाले आगामी आर्थिक वर्षको लागि वडागत सिलिङ ४ करोड ५० लाख छुट्याएको छ भने प्रशासनिक चालुतर्फ ११ करोड ७३ लाख, शसर्ततर्फ २० करोड ६५ लाख ६५ हजार, समपूरकतर्फ ५ करोड २० लाख खर्च गर्ने लक्ष्य लिएको गोकुलगंगाले विशेष अनुदानतर्फ ५० लाख र पालिकातर्फ विभिन्न शाखागत, क्षेत्रगत र भुक्तानी हुन बाँकी योजनाको खर्च समेत गरी ७ करोड ७४ लाख ५५ हजार १५० विनियोजन गरेको छ ।